नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

सिद्धिचरण नगरपालिकालाई आँखा केन्द्रको काेराेना जाँच्ने एन्टिजेन किट सहयोग

ओखलढुङ्गान्युज । जेठ २५ ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिकालाई सामुदायिक आँखा केन्द्र ओखलढुङ्गाले कोरोना जाँच्ने एन्टिजेन किट उपलब्ध गराएको छ । तेज कोहली एण्ड रुइत फाउन्डेसनबाट सामुदायिक आँखा केन्द्रलाई प्राप्त भएको १ सय ५० थान एन्टिजेन किट आँखा केन्द्रले नगरपालिकालाई प्रदान गरेकाे हाे ।

सामुदायिक आँखा केन्द्र प्रमुख टिका राईले कोरोना परिक्षणका लागि प्रभावकारी मानिएको एन्टिजेन किट मंगलबार नगरप्रमुख मोहनकुमार श्रेष्ठलाई हस्तान्तरण गरेकी हुन् । कोरोना नियन्त्रण गर्ने नगरपालिकाको अभियानमा आँखा केन्द्रले सहयोग गरेकोमा नगरप्रमुख श्रेष्ठले आँखा केन्द्रलाई धन्यवाद दिएका छन् ।