नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

मंगलबार ओखलढुङ्गामा २० जनाले जिते कोरोना, १४ थपिए

ओखलढुङ्गान्युज । जेठ २५, ओखलढुङ्गा । मंगलबार ओखलढुङ्गामा २० जनाले कोरोना भाइरसको संक्रमणलाई जित्न सफल भएका छन् । जिल्लाका बिभिन्न अस्पताल तथा होम आइसोलेसनमा रहेका २० जना संक्रमितले कोरोनालाई जितेका हुन् । 

मंगलबार कोरोना संक्रमणबाट निको हुनेमा सुनकोशी गाउँ पालिकाका १८ जना, सिद्धिचरण नगरपालिकाका १ जना, मानेभञ्ज्याङ गाउँपालिकाका १ जना रहेका छन् । योसंगै जिल्लामा कोरोना संक्रमणपछि निको हुनेको संख्या २ सय ८२ पुगेको छ ।

त्यस्तै मंगलबार ओखलढुङ्गामा १४ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेहरुमा सिद्धिचरण नगरपालिकाका १ जना, सुनकोशी गाउँपालिकाका १ जना, चम्पादेवी गाउँपालिकाका ६ जना र मानेभञ्ज्याङ गाउँपालिकाका ६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार थपिएका सबै एन्टिजेन परीक्षण मार्फत रहेका छन् ।

योसंगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या १ हजार ३८ पुगेको छ । जसमध्ये हाल सक्रिय संक्रमितको संख्या ७ सय ५० रहेको छ । तिनीहरुमध्ये ७ सय ३४ जना होम आईसोलेसनमा छन् भने १६ जना संस्थागत आईसोलेसनमा रहेका छन् । मंगलबारसम्म ओखलढुङ्गामा ७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भैसकेको छ ।