ओखलढुङ्गामा विहिबार ८० संक्रमितले जिते कोरोना, ९ थपिए
ओखलढुङ्गान्युज । जेठ २०, ओखलढुङ्गा । ओखलढुङ्गामा विहिवार पछिल्लो २४ घण्टाका कोरोना भाईरसका ८० जना संक्रमितले भाईरसलाई जित्न सफल भएका छन् । योसँगै विहिबार सम्म ओखलढुङ्गामा कोरोना भाईरस संक्रमण भएर निको हुनेको संख्या १ सय ९० पुगेको छ ।
त्यस्तै विहिबार ओखलढुङ्गामा कोरोना भाईरसका ९ जना नयाँ संक्रमितहरु थपिएका छन् । थपिनेहरुमा सिद्धिचरण नगरपालिकाका ६ जना, मोलुङ गाउँपालिकाका २ जना र मानेभञ्ज्याङ्ग गाउँपालिकाका १ जना रहेका छन् । विहिबार २७ जनामा एन्टिजेन परीक्षण गर्दा ९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।
योसँगै ओखलढुङ्गामा कोरोना भाईरस संक्रमित हुनेको संख्या पनि ७ सय ५६ पुगेको छ । संक्रमित मध्ये अहिले १६ जना संस्थागत आईशोलेशनमा र ५ सय ४२ जना होम आईशोलेसनमा रहेका छन् ।