नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

बुधबार ओखलढुङ्गामा ३७ जनाले जिते कोरोना, २९ संक्रमित थपिए

ओखलढुङ्गान्युज । जेठ १९, ओखलढुङ्गा । बुधबार ओखलढुङ्गामा ३७ जना कोरोना संक्रमितले भाइरसको संक्रमणलाई जित्न सफल भएका छन् । जिल्लाका बिभिन्न अस्पताल तथा होम आइसोलेसनमा रहेका ३७ जना संक्रमितले कोरोनालाई जितेका हुन् । 

बुधबार कोरोना संक्रमणबाट निको हुनेमा सिद्धिचरण नगरपालिकाका ९ जना, चिशंखुगढी गाउँपालिकाका १२ जना, मोलुङ गाउँपालिकाका १५ र सोलुखुम्बु जिल्लाको १ जना रहेका छन् । योसंगै जिल्लामा कोरोना संक्रमणपछि निको हुनेको संख्या १ सय १२ पुगेको छ ।त्यस्तै बुधबार ओखलढुङ्गामा २९ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेहरुमा सिद्धिचरण नगरपालिकाका ७ जना, चिशंखुगढी गाउँपालिकाका ३ जना, सुनकोशी गाउँपालिकाका ३ जना, खिजिदेम्वा गाउँपालिकाका १० जना, चम्पादेवी गाउँपालिकाका ५ जना र मोलुङ गाउँपालिकाका १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार थपिएका मध्ये पिसिआर परीक्षण गर्दा १६ जना र एन्टिजेन परीक्षण गर्दा १३ रहेको छन् ।

योसंगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ७ सय ४७ पुगेको छ । जसमध्ये हाल सक्रिय संक्रमितको संख्या ६ सय ३० रहेको छ । तिनीहरुमध्ये ६ सय १५ जना होम आईसोलेसनमा छन् भने १५ जना संस्थागत आईसोलेसनमा रहेका छन् । बुधबार सम्म ओखलढुङ्गामा ६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भैसकेको छ ।