नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

ओखलढुङ्गामा १९ संक्रमित थपिए, ११ ले जिते कोरोना

ओखलढुङ्गान्युज । जेठ १७, ओखलढुङ्गा । सोमबार ओखलढुङ्गामा ११ जना कोरोना संक्रमितले भाइरसलाई जितेर निको भएका छन् । जिल्लाका बिभिन्न अस्पताल तथा होम आइसोलेसनमा रहेका ११ जना संक्रमितले कोरोनालाई जितेका हुन् । 

शोमबार कोरोना संक्रमणबाट निको हुनेमा सिद्धिचरण नगरपालिकाका ६ जना, चिशंखुगढी गाउँपालिकाका १ जना, मानेभञ्ज्याङ गाउँपालिकाका २ जना र सुनकोशी गाउँपाकिाका दुई जना रहेका छन् । यो संगै जिल्लामा कोरोना संक्रमणपछि निको हुनेको संख्या ६७ पुगेको छ ।

 त्यस्तै शोमबार ओखलढुङ्गामा १९ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका बिभिन्न स्थानमा गरिएको ९४ जनाको एन्टिजेन परिक्षणमा १९ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले बताउनुभयो । थपिएका संक्रमितमध्ये ११ जना महिला र ८ जना पुरुष रहेका छन् ।

शोमबार थपिनेहरुमा सिद्धिचरण नगरपालिकाका ९ जना, चिशंखुगढी गाउँपालिकाका ६ जना, मानेभञ्ज्याङ गाउँपालिकाका १ जना, लिखु गाउँपालिकाका १ जना र मोलुङ गाउँपालिकाका २ जना रहेको स्वास्थ्य प्रमुख तिवारीले बताउनुभयो । 

योसंगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ६ सय ८६ पुगेको छ । जसमध्ये हाल संक्रिय संक्रमितको संख्या ६ सय १५ जना छन् । तिनीहरुमध्ये ५ सय ९८ जना होम आईसोलेसनमा छन् भने १७ जना संस्थागत आईसोलेसनमा रहेका छन् । कोरोनाका कारण जिल्लामा ५ जनाको मृत्यु भैसकेको छ ।