नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

आफ्नो एफएमको खाद्यान्न सहयोग

ओखलढुङ्गान्युज जेठ १७, ओखलढुङ्गा सामुदायीक रेडियो आफ्नो एफएम ओखलढुङ्गाले कोरोना संक्रमण फैलन सक्ने आशंकामा गरिएको निशेद्याज्ञाका कारण समस्यामा परेका अति विपन्न परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । रेडियोले कोभिड १९ का कारण लामो समयसम्म भैरहेको निशेद्याज्ञाले समस्यामा परेका परिवारलाई राहत स्वरुप खाद्य सामाग्री बितरण गरेको हो ।

रेडियोले सोमबार बिहान जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ११ का अति बिपन्न ५ घर परिवारलाई खाद्य सामाग्री बितरण गरेको रेडियोका स्टेशन म्यानेजर बिनुमाया राईले बताईन् । बितरण गरिएको सामाग्रीहरुमा २५ केजी बराबरको चामल एक बोरा सहित दाल, नुन, तेल लगायतका सामाग्रीहरु रहेको छ । दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका परिवारलाई सहयोग स्वरुप खाद्य सामाग्री बितरण गरिएको राईको भनाई छ ।

रेडियोले जिल्लाका अन्य स्थानका अति बिपन्न करिब ३० घर परिवारको पहिचान गरेर खाद्य समाग्री बितरण गर्ने लक्ष्य राखेको रेडियोका संयोजक बिजय कुमार मानन्धरले बताए । मानव बिकास तथा सामुदायीक सेवा नाराका साथ सञ्चालित रेडियोले समाचार, सुचना, सामाग्री सहित समाजसेवा समेत गर्दै आएको छ । यसअघि डढेलधुरामा सञ्चालित आफ्नो एफएमले पनि ६० परिवारलाई खाद्यान्न बितरण गरेको थियो ।

रामहरि श्रेष्ठको सहयोगमा