नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

कोरोना जितेकी गर्भवतीलाई उपमेयरको हर्लिक्स र अण्डा उपहार

ओखलढुङ्गान्युज जेठ १६, खोटाङ विश्वमा महामारीको रुपमा फैलिरहेको कोभिड संक्रमण जितेर फर्कने खोटाङकी एकजना सुत्केरी महिलालाई त्यहाँकी उपमेयरले हर्लिक्स र अण्डा उपहार दिनुभएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेकी सात महिनाकी गर्भवती २१ वर्षीय मनिषा कट्वालले कोभिडलाई जितेर आएसँगै त्यहाँकी उपमेयर विमला राई हर्लिक्स र अण्डा उपहार दिनुभएको हो ।

११ वटा वडा रहेको हलेसी तुवाचुङ नगरपालिका हालसम्म १०६ जनालाई संक्रमण हुँदा गर्भवती कट्वाललाई पनि संक्रमण पुष्टि भएको थियो । कट्वालले कोभिड–१९ को संक्रमण भएको २० दिनपछि संक्रमण जितेकी हुन् । शनिबार स्वास्थ्यकर्मी लिएर घरैमा गरिएको एन्टिजेन परीक्षणका क्रममा संक्रमित गर्भवतीको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका उपमेयर बिमला राईले बताउनुभयो । 

कोरोना संक्रमण पुष्टि भएपछि होम आईशोलेसनमा नै रहेकी कट्वालको एन्टिजेन परीक्षण तथा भेटघाटका लागि उपमेयर राई स्वास्थ्यकर्मी सहित घरैमा पुग्नुभएको थियो । दुईपटक सम्म संक्रमण पोजेटिभ देखिएकी कट्वालको तेस्रोपल्ट जाँच गर्दा भने नेगेटिभ रिपोर्टका साथ संक्रमणमुक्त बनेकी हुन् । पहिलोचोटी एन्टिजेन परीक्षण र दोस्रोपल्ट पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको थियो । तेस्रोपल्टको एन्टिजेन परीक्षणका क्रममा उपमेयर राईले गर्भवती महिलालाई अण्डा, साबुन, हर्लिक्ससहित भेट गर्नुभएको हो ।

खोटाङवाट पत्रकार दमन राईको सहयोगमा ।