नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

ओखलढुङ्गामा कोरोना भाईरस संक्रमित हुनेको संख्या ६ सय ६७ पुग्यो

ओखलढुङ्गान्युज जेठ १६, ओखलढुङ्गा पछिल्लो २४ घण्टामा ओखलढुङ्गामा कोरोना भाईरसका ५८ जना संक्रमित थपिएका छन् । जिल्लामा परिक्षणको दायरामा बृद्धि गर्दै गर्दा संक्रमितहरुको संख्यामा पनि उच्च गतिमा बृद्धि भएको हो । आईतवार नयाँ संक्रमित थपिएसँगै ओखलढुङ्गामा कोरोना भाईरस संक्रमित हुनेको संख्या ६ सय ६७ पुगको छ ।

आईतवार थपिने थपिनेहरुमा मानेभञ्ज्याङ्ग गाउँपालिकाका मात्रै २९ पुरुष, १९ महिला सहित ४८ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । त्यस्तै आईतवार सुनकोशी गाउँपालिकाका ८ जना र खिजिदेम्बा गाउँपालिकाका २ जनामा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । आईतवार संक्रमण पुष्टि भएका मध्ये खिजिदेम्बाको २ र सुनकोशी गाउँपालिकाको १ जनाको भने एन्टिजेन परीक्षण गर्दा कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको हो ।

ओखलढुङ्गामा कोरोना भाईरस संक्रमण पुष्टि भएका मध्ये हालसम्म ५५ जना भने संक्रमण मुक्त भएका छन् । संक्रमित मध्ये २५ जना जिल्ला अस्पताल तथा सामुदायीक अस्पताल सोब्रुको आईशोलेसन कक्षमा उपचार गराईरहेका छन् भने ५८२ जना होम आईशोलेसनमा रहेका छन् । संक्रमित मध्ये आईतवारसम्म ओखलढुङ्गाका ५ जनाले ज्यान गुमाएका छन् ।