नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

ओखलढुङ्गामा शनिबार दुई संक्रमितको मृत्यु

ओखलढुङ्गान्युज । जेठ १५, ओखलढुङ्गा । शनिबार ओखलढुङ्गामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला सामुदायिक अस्पताल सोब्रु ओखलढुङ्गामा उपचारको क्रममा संक्रमितहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा खिजीदेम्वा गाउँ पालिका वडा नं. ५ का ४५ वर्षका १ पुरुष र सिद्धिचरण नगरपालिका वडा नं. ६ का ५८ वर्षका १ पुरुष गरि २ जना रहेका छन् । खिजीदेम्वाका पुरुषमा काेराेना पुष्टि भएपछि मंगलबार उपचारका लागि अस्पताल भर्ना भएका र सिद्धिचरणका पुरुष बुधबार अस्पतालमा आएर जाँच गर्दा काेराेना देखिएकाे जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

अहिले ओखलढुङ्गा अधिकांश संक्रमितहरु हाेम आइसाेलेशनमा रहेका छन् । होम आइशोलेसनमा रहि स्वास्थ्य अबस्थाको बारेमा समस्या देखिएपछि मात्रै अस्पताल आउने गर्दा अवस्था जटिल हुने र मृत्युदर बढ्न सक्ने चिकित्सकहरुले बताएका छन् ।