नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

शुक्रबार लिखुमा थपिए ३८ संक्रमित, संक्रमितको संख्या १३५ पुग्यो

विएन श्रेष्ठ । जेठ १४, यसम । ओखलढुङ्गाको लिखु गाउँ पालिकामा शुक्रबार ३८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । गत बुधबार पठाइएकाहरुको शुक्रबार रिपोर्ट आउदा ३६ जनामा संक्रमण पुष्टि भएको लिखु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनानाथ चौधरीले बताउनुभयो ।

शुक्रबार थपिए सँगै लिखुमा कोरोना भाइरस संक्रमितको संख्या १ सय ३५ पुगेको छ । शुक्रबार थपिएकाहरुमा लिखु १ सिंहदेवीका १, वडा नं. २ मा सिंहदेवीमा ५ जना, वडा नं. ३ नर्मदेश्वरमा २४ जना, वडा नं. ४ यसममा ४ जना, वडा नं. ५ यसमा ३ जना र वडा नं. ६ खाल्डेमा १ जना रहेका छन् । 

संक्रमित मध्ये १ जना खाल्डेको हिजोको छुट हुन् भने यसमका १ जनाको भने एन्टिजेन परीक्षणका क्रममा पोजेटिभ आएको हो । पछिल्लो तथ्यांकलाई जिल्ला स्वास्थ्य कार्यालयले (शुक्रबार) आजको रिपोर्टमा समाबेश गरेको छैन ।