नेपाली समय Loading...२०८२ बैशाख ६ शनिबार

विहिबार लिखुमा मात्रै थपिए ७१ संक्रमित, कूल संक्रमित ९७

ओखलढुङ्गान्युज जेठ १३, यसम विहिबार जिल्लाको लिखु गाउँपालिकामा मात्रै कोरोना भाईरसका ७१ जना नयाँ संक्रमित थपिएका छन् केहिदिन अगाडी पालिकाका ३ ओटा ओडाका १ सय ७१ जनाको पिसिआर परीक्षण गर्दा ७१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।

विहिबार नयाँ संक्रमण पुष्टि हुनेहरुमा पालिकाका वडा नं. ६ गाम्नाङ्गटारका ३९ जना, वडा नं. ८ टारकेरावारीको ६ जना तथा वडा नं. ९ पोकलीको २६ जना रहेको लिखु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनानाथ चौधरीले जानकारी दिनुभयो । विहिबार नयाँ संक्रमित थपिएसँगै लिखु गाउँपालिकामा कोरोना भाईरस संक्रमित हुनेको संख्या पनि ९७ पुगेको छ । यस अगाडी वडा नं. ३ नर्मदेश्वरमा १८ जना र वडा नं. ६ को खाल्डेमा ८ जनामा कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको थियो ।

विहिबार लिखुमा नयाँ संक्रमित थपिएसँगै अब कोरोना भाईरसको संक्रमण पालिकाको कुनाकुनाका बस्तीमा समेत पुगेको पाईएको छ । संक्रमणलाई फैलन नदिन विभिन्न तह र तप्कावाट पहल भैरहेपनि संक्रमण दर तिब्र गतिमा बढि रहेको छ । त्यसैले यदि यो संक्रमण दरलाई फैलनवाट रोक्ने हो भने पालिकाका विभिन्न क्षेत्रहरुमा भैरहेको नागरिकहरुको आवतजावत, काठमाण्डौंवाट पालिकामा नागरिक भित्रिने र उनीहरुलाई क्वोन्टीनमा राख्ने व्यबस्था तथा गाउँघरमा भैरहेका भोजभतेरहरुलाई कडाई गर्नु आवश्यक छ । नागरिकहरु आफै सचेत र सुरक्षित रहनु झनै महत्वपूर्ण छ ।