नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

शोमबार १८५ को मृत्यु, साढे ७ हजार संक्रमित थपिए

ओखलढुङ्गान्युज । जेठ १०, काठमाण्डौं । शोमबार देशभर कोरोना भाईरस संक्रमणका कारण १ सय ८५ जनाको मृत्यु भएको छ । शोमबार पछिल्लो २४ घण्टामा देशभर कोरोना भाईरस संक्रमित भएका १८५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा देशभर झण्डै साढे ७ हजार अर्थात ७ हजार ४ सय २५ जना कोरोना भाईरसका नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ८ सय ४६ जनाको पिसिआर परीक्षण गर्दा ७ हजार २ सय २० र ६ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।

शोमबार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको कूल संख्या ५ लाख २० हजार ४ सय ६१ पुगेको छ । कूल संक्रमित भएकामध्ये ३ लाख ९८ हजार ४ सय ८३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै शोभबारको तथ्यांक अनुसार १ लाख १५ हजार ४ सय ४७ जना सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ७१ जना होम आइसोलेसनमा छन् भने ७ हजार ३ सय ७६ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।