नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

कोरोना संक्रमित वरिष्ठ साहित्यकार वानिरा गिरीको निधन

ओखलढुङ्गान्युज । जेठ १०, काठमाण्डौं । विगत २० दिनदेखी कोरोना भाईरसवाट संक्रमित बरिष्ठ साहित्यकार डा. वानिरा गिरीको आईतवार राती निधन भएको छ । ७५ वर्षिय साहित्यकार गिरीलाई कोरोना संक्रमण भएको भएपनि उनको हृदयघातका कारण आईतवार राती १० वजे निधन भएको हो ।

कोरोना संक्रमित साहित्यकार गिरीको नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा निधन भएको हो । विगत ३ वर्षदेखि उनी अल्जाइमर रोगले पीडित थिइन्। उनी पीएचडी गर्ने पहिलो महिलाको रुपमा परिचित थिइन्।

कवि गोपालप्रसाद रिमालमाथि शोध गरेबापत उनले त्रिभुवन विश्वविद्यालयबाट उपाधि प्राप्त गरेकी थिइन्। उनका श्रीमान, एक छोरा र एक छोरी छन्।