नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

शनिवार थपिए कोरोनाका झण्डै ९ हजार संक्रमित

ओखलढुङ्गान्युज जेठ , काठमाण्डौं शनिवार पछिल्लो २४ घण्टामा देशभर कोरोना भाईरसका झण्डै ९ हजार संक्रमित थपिएका छन् । शनिवार देशभर ८ हजार ९ सय ८० जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ सय २९ जनाको कोरोना भाईरस संक्रमणका कारण मृत्यु भएको छ भने यही अबधीम ८ हजार ८ सय ४८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमण कम नभए पनि निको हुने दर बिस्तारै बढ्न थालेको छ ।

शनिवार पछिल्लो २४ घण्टामा देशभर १९ हजार ३ सय ५७ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा आठ हजार ५ सय ९१ जनामा र ७ सय ४८ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा ३ सय ८९ जनामा संक्रमण भएको पुष्टि भएको हो ।