नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

कोरोना संक्रमणवाट १७७ को मृत्यु, ८ हजार ६०७ नया थपिए

ओखलढुङ्गान्युज जेठ , काठमाण्डौं नेपालमा शुक्रबार पछिल्ला २४ घण्टामा कोरोना भाईरस संक्रमणका कारण १ सय ७७ जनाको मृत्यु भएको छ । यहि अबधिमा देशभर कोरोना भाईरसका ७ हजार ८ सय ९० कोरोना भाईरस संक्रमण मुक्त भएका छन् भने ८ हजार ६ सय ७ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ३ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४ सय ७ र ८ सय ७३ जनाको एन्टिजेन परीक्षण गर्दा २०० जना गरी ८ हजार ६ सय ७ जनामा भाईरस संक्रमण पुष्टि भएको हो । शुक्रबार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

कूल संक्रमित मध्ये १ लाख १६ हजार १ सय ९२ जना सक्रिय संक्रमित छन् । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पनि शुक्रबार ६ हजार २४ पुगेको छ । संक्रमितमध्ये १ लाख ८ हजार ४ सय ९५ जना होम आइसोलेसनमा र ७ हजार ६ सय ९७ जना संस्थागत आइसोलेसनमा रहेको पनि मन्त्रालयले जनाएको छ ।