नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

सुनकोशी नदीले बगाउदा एक बालक बेपत्ता

ओखलढुङ्गान्युज । जेठ ६, ओखलढुङ्गा । सुनकोशी नदीले बगाउदा विहिबार दिउसो १ वालक बेपत्ता भएका छन् । सुनकोशी गाउँपालिका वडा नं. १ का नविन राईका वर्ष १३ का छोरा कुशल राईलाई नदीले बगाएको हो ।

विहिबार विहान तिन जना साथिहरु सहित सुनकोशी नदीमा पौडि खेल्न गएका राईलाई पौडी खेल्दै गर्दा अचानक नदीले बगाएको थियो । विहान देखी वेपत्ता भएका बालकको यो समाचा तयार पार्दासम्म कुनै पत्ता लागेको छैन । प्रहरी र स्थानीय नागरिकहरु टोलीले बालकको खोजी गरिरहेको भएपनि हालसम्म केही पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

काफ्लेका अनुसार केहिदिन देखी पानी परिरहेको र सुनकोशी नदीमा धमिलो पानी बगीरहेकोले बेपत्ता भएका बालकको खोजी कार्यमा कठिनाई भएको छ । गर्मी बढेसँगै नदीमा पौडी खेल्न जानेहरुको संख्या बढेको छ ।