नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

७ हजार ९८९ कोरोना मुक्त, २४६ को मृत्यु

ओखलढुङ्गान्युज जेठ , काठमाण्डौं कोरोना भाईरस संक्रमणका कारण नेपालमा थप २ सय ४६ जनाको मृत्यु भएको छ । कोरोना भाईरस संक्रमित भएकाहरु मध्ये बुधबार पछिल्लो २४ घण्टामा २ सय ४६ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

डा. गौतमका अनुसार बुधबार पछिल्लो २४ घण्टामा देशभर २१ हजार १ सय ३९ जनामा पिसिआर परीक्षण गर्दा ८ हजार ६४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ७ सय ८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ९ जनामा पोजिटिभ देखिएको पनि मन्त्रालयले जनाएको छ ।

त्यस्तै बुधबार पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९ सय ८९ जना कोरोना भाइृरस संक्रमण मुक्त भएका छन् ।