नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

बुधबार ओखलढुङ्गामा थपिए ६६ संक्रमित, कुन पालिकाका कति ?

ओखलढुङ्गान्युज जेठ , ओखलढुङ्गा ओखलढुङ्गामा बुधबार ६६ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । गत शोमबार जिल्लाबाट तिनओटा पालिकाकावाट १ सय ४६ जनाको स्वाव पिसिआर परीक्षणको लागि पठाईएकोमा बुधबार ६६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।

शोमबार लिखु गाउँपालिकावाट ३० जना, चिशंखुगढि गाउँपालिकावाट ६२ जना र सुनकोशी गाउँपालिकावाट ५४ जनाको स्वाव संकलन गरि पिसिआर परीक्षणका लागि पठाईएको थियो । त्यसमध्ये लिखुमा २५ जना, चिशंखुगढीमा २२ जना र सुनकोसी गाउँपालिकामा १९ जनाको गरि ६६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

बुधबार ओेखलढुङ्गामा ६६ जना नयाँ संक्रमित थपिएसँगै अब ओखलढुङ्गामा कोरोना भाईरस संक्रमित हुनेको संख्या १७० पुगेको छ । कुल संक्रमित मध्ये ६ जना भने गत आईतवार संक्रमण मुक्त भएका छन् । बुधबार ओखलढुङ्गामा मोलुङ गाउापालिका, सुनकोसी गाउँपालिका, मानेभञ्ज्याङ्ग गाउँपालिका र सिद्धिचण नगरपालिकाका गरि करीब ३ सय जनाको स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि काठमाण्डौं पठाउने तयारी भैरहेको पनि जिल्ला स्वास्थ्य प्रमुख तिवारीले जानकारी दिनुभयो ।