नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

भारतमा एकैदिन कोरोनाका कारण ४५ सय बढिको मृत्यु

ओखलढुङ्गान्युज जेठ , काठमाण्डौं भारतमा कोरोना भाईरस संक्रमणका कारण एकैदिन ४५ सय भन्दा बढिले ज्यान गुमाएका छन् । बुधबार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस संक्रमणको कारण ४ हजार ५ सय २९ जनाको मृत्यु भएको हो ।

यहि अबधिमा भारतमा २ लाख ६७ हजार भन्दा धेरै कोरोना भाईरसका संक्रमित थपिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा २४ घण्टाको अवधिमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको हो ।

भारतमा लगातार तेस्रो दिन तीन लाखभन्दा कम नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ५४ लाख नाघेको छ भने कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि २ लाख ८३ हजार २४८ पुगेको छ ।