नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

कोरोनाका कारण लिखु घर भएकी स्टाफ नर्स भट्टराईको निधन

ओखलढुङ्गान्युज जेठ , ओखलढुङ्गा कोरोना भाईरस संक्रमणका कारण ओखलढुङ्गाले एक कुशल स्वास्थ्यकर्मी गुमाएको छ । कोरोना संक्रमणका कारण ओखलढुङ्गा लिखु गाउँपालिकाकी सावित्री भट्टराईको निधन भएको हो । ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नं. ६ स्थायी घर भएकी कोरोना भाईरस संक्रमित भट्टराईको जेठ २ गते आईतवार निधन भएको हो ।

भट्टराई प्रदेश नं. १ विराटनगरको नोवेल अस्पतालमा केही समयदेखी स्टाफ नर्स पदमा कार्यरत रहेकी थिईन् । आफ्नो पेशामा रहि कोरोना भाईरस संक्रमितहरुको निरन्तर सेवामा खटिएकी भट्टराईलाई कोरोना संक्रमण भएको थियो । संक्रमण पुष्टि भएपछि सोहि अस्पतालमा नै उपचार गराउदै आएकी स्टाफ नर्स भट्टराईको मंगलबार निधन भएको हो ।