नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

मंगलबार ६ हजार ८९१ संक्रमित निको भए, ८ हजार २०३ थपिए

ओखलढुङ्गान्युज । जेठ ४, काठमाण्डौं । मंगलबार पछिल्लो २४ घण्टामा कोरोना भाईरस संक्रमण भएका ६ हजार ८ सय ९१ जनाले भाईरसलाई जित्दै निको भएका छन् । यहि अबधिमा देशभर ८ हजार २ सय ३ जना भने नयाँ संक्रमितहरु थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर २० हजार २ सय ८६ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार १ सय ३६ जना र ६ सय ९३ नमुनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाईरस संक्रमित हुनेको कुल संख्या ४ लाख ७२ हजार ३ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरि कोरोना संक्रमणबाट मंगलबार पछिल्लो २४ घण्टामा १ सय ९६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४ सय ११ पुगेको पनि मन्त्रालयले जनाएको छ । मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५ सय २९ रहेको छ ।

संक्रमित भएकाहरु मध्ये १ लाख ७ हजार ८२ जना होम आइसोलेसनमा रहेका छन् भने ७ हजार ४ सय ४७ जना संस्थागत आइसोलेसनमा छन् । यस्तै १ हजार ५९० जनाको आईसीयू र ३९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।