नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

शोमबार ५ हजार ७६७ कोरोना मुक्त, ९ हजार २४७ थपिए

ओखलढुङ्गान्युज । जेठ ३, काठमाण्डौं । नेपालमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या पछिल्ला केहिदिन यता घटेपनि शोमबार फेरी बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण नेपालमा २ सय १४ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै शोमबार पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार २ सय ४७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेहरुको कुल संख्या ४ लाख ६४ हजार २ सय  १८ पुगेको छ भने कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि ५ हजार २ सय १५ पुगेको छ । त्यसैगरि सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४ सय ८० पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमितमध्ये एक लाख ६ हजार ५१० जना होम आइसोलेसनमा छन् भने छ हजार ९७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै आईसीयूमा एक हजार २५९ जना र भेन्टिलेटरमा चार सय जना रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ५ हजार ७ सय ६७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन लाख ५५ हजार २ सय २३ रहेको छ ।