नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

एमालेको विवाद समाधानका लागि १० सदस्यिय कार्यदल गठन

ओखलढुङ्गान्युज जेठ , काठमाण्डौं नेकपा एमालेमा देखिएको बर्तमान विवाद समाधानका लागि आईतवार १० सदस्य रहेको कार्यदल गठन गरिएको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच आइतबार दिउसो भएको भेटवार्तामा १० सदस्यीय कार्यदल बनाउने सहमति भएको हो।

आइृतवार बनाईएको कार्यदलमा दुवै पक्षका ५–५ जना सदस्य रहने निर्णय भएको नेता नेपालले जानकारी दिनुभयो । १० सदस्यिय कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट रहेका छन् ।

आइृतवार निर्माण भएको कार्यदललाई तीन दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ । तीनदिनको समय अपुग भएमा उक्त कार्यदलको आवश्यकता अनुसार प्रतिवेदन बुझाउने म्याद थप्न सकिने नेता नेपालले जानकारी दिनुभयो । आईतवार दिउँसो १ बजे देखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता सुरु भएको थियो । आईतवारको छलफलमा ओली र नेपालबीच ०७५ जेठ २ आसपासबाट विवादको निकास खोज्ने सहमति बनेको छ ।