नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका कार्यालयमा ईजरायली बम, अमेरिकाको चेतावनी

ओखलढुङ्गान्युज । जेठ २, काठमाण्डौं । शनिवार ईजरायलले गाजामा रहेको एक बहुतल्ले भवनमा बम बर्षाएको छ । सो भवनमा कयौँ विदेशी मीडियाका कार्यालय थिए । मिडिया कार्यालय रहेको भवनमा ईजरायलले बम वर्षा गरेपछि अमेरिकाले चेतावनी दिएको छ ।

मिडियाका कार्यालय रहेको उक्त भवनमा बम वर्षा गरेपनि कति मानविय क्षति भयो भन्ने बारेमा अहिलेसम्म विस्तृत विवरण भने आएको छैन । अन्तराष्ट्रिय समचारसंस्था अल जजीराका कार्यवाहक महानिर्देशक डा. मुस्तफा स्वेगले गाजाको अल–जाला टावरमा हमला भएको र त्यहाँ अल जजीरा लगायत अन्य कयौँ अन्तरराष्ट्रिय मीडियाको कार्यालय रहेको बताएका छन् ।

पत्रकार र मिडियाहरुको बसोबास रहेको उक्त भवनमा बम हमला गरेपछि उनीहरुको सुरक्षा गर्नु ईजरायलको नै प्रमुख भूमिका रहने भन्दै चेतावनी दिईएको छ । मीडियाका कार्यालय रहेको भवनमा बम बर्साउनु मानव अधिकारको उल्लंघन र अन्तरराष्ट्रिय स्तरमै युद्ध अपराध भएको उल्लेख गरिएको छ ।