नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

विहिबार ४ जनामा संक्रमण पुष्टि, ओखलढुङ्गामा अब संक्रमितको संख्या ३२

ओखलढुङ्गान्युज बैशाख ३०, ओखलढुङ्गा ओखलढुङ्गामा विहिबार ४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । विहिबार ४ जना थपिएसँगै अब ओखलढुङ्गामा कोरोना भाईरस संक्रमितहरुको संख्या पनि ३२ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

ओखलढुङ्गामा संक्रमण पुष्टि भएकाहरु मध्ये विहिबार सम्म सामुदायीक अस्पताल सोब्रुमा ४ जना र जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गामा १ जनाले आईशोलेसन कक्षमा उपचार गराई रहेका छन् । त्यस्ते विर्तामोडमा १ जना र काठमाण्डौंमा १ जनाले उपचार गराईरहेका छन् । अरु बाकीले भने होम आईशोलेसनमा नै रहि स्वास्थ्य लाभ गराईरहेको जिल्ला स्वास्थ्य प्रमुख तिवारीले जानकारी दिनुभयो ।

विहिबार सामुदायीक अस्पताल सोब्रुमा सिद्धिचरण नगरपालिकाका ११ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि तिवारीले जानकारी दिनुभयो । थप विवरण भने आउन बाकी रहेको पनि तिवारीले बताउुभयो ।