नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

ओखलढुङ्गा उद्योग वाणिज्य संघको कार्यालयमा अक्सिजन सहितको आईशोलेशन कक्ष  

ओखलढुङ्गान्युज बैशाख ३०, ओखलढुङ्गा जिल्लामा बढ्दै गएको कोरोना संक्रमणको महामारीलाई लिएर ओखलढुङ्गा जिल्ला उद्योग वाणिज्य संघले आफ्नो कार्यालयमा अक्सिजन सहितको आईशोलेसन कक्ष सञ्चालन गर्ने भएको जिल्ला सदरमुकाममा रहेको आफ्नो कार्यालयमा १० वेड क्षमताको अक्सिजन सहितको आईशोलेसन कक्ष सञ्चालन गर्न लागिएको जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र मास्केले जानकारी दिनुभयो

अध्यक्ष मास्केका अनुसार अहिले उद्योग वाणिज्य संघले अन्यत्र जस्तो ओखलढुङ्गामा अक्सिजन सिलिन्डरको अभाव नहोस भनेर २३ थान सिलिन्डरलाई समेत संचित गरेर राख्नेछ जिल्लाका केही उद्योगी व्यबसायीहरुको सहयोगमा जिल्ला अस्पताल तथा सामुदायीक अस्पतालसँग समन्वय गरेर नै उद्योग वाणिज्य संघको कार्यालयमा आईशोलेसन कक्ष निर्माण गर्न लागिएको अध्यक्ष मास्केले बताउनुभयो जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा अक्सिजन सहितको  आईशोलेसन कक्षको अभाव हुनसक्ने आशंकामा पूर्व तयारी स्वरुप आफूहरुले कार्यालयलाई नै कोभिड संक्रमितहरुको उपचारका लागि आईशोलेन कक्ष निर्माण गर्न लागिएको मास्केको भनाई

हाल ओखलढुङ्गामा रुम्जाटार जिल्ला अस्पतालमा बेड सामुदायीक अस्पतालमा सोब्रुमा २० बेड कोभिड संक्रमतिहरुको उपचारका लागि अक्सिजन सहितको आईशोलेशन बेडको व्यबस्था गरिएको उद्योग वाणिज्य संघमा १० बेडको विस्तार भएसँगै अब ओखलढुङ्गमा कोभिड संक्रमितको उपचारका लागि ३७ बेड क्षमताको उपचार कक्ष निर्माण भएको

जिल्ला उद्योग वाणिज्य संघले जिल्लामा २३ ओटा अक्सिजन सिलिन्डरको व्यबस्था गरेसँगै ओखलढुङ्गामा अब अक्सिजन सिलिण्डरको अभाव नहुने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले बताउनुभयो जिल्ला उद्योग वाणिज्य संघले व्यबस्था गरेभन्दा बाहेक ओखलढुङ्गामा सामुदायीक अस्पतालमा ४० तथा जिल्ला अस्पतालमा १९ थान अक्सिजन सिलिण्डर रहेको स्वास्थ्य प्रमुख तिवारीको भनाईछ

बुधबार साँझसम्म ओखलढुङ्गामा कोरोना भाईरस संक्रमितको संख्या २८ जना रहेको संक्रमित मध्ये जिल्ला अस्पताल रुम्जाटारमा जना, सामुदायीक अस्पताल सोब्रुमा जना, विर्तामोडमा जना काठमाण्डौंमा जनाले आईशोलेशन कक्षमा रहि उपचार गराईरहेको जिल्ला स्वास्थ्य प्रमुख तिवारीले जानकारी दिनुभयो तिवारीका अनुसार अरु बाकी संक्रमितहरुले भने स्वास्थ्य कर्मीहरुको प्रत्यक्ष निगरानीमा होम आईशोलेसनमा नै बसेर स्वास्थ्य लाभ लिईरहेको छन्