नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

विहिवार १६८ को मृत्यु, ९ हजार ३०५ मा संक्रमण पुष्टि

ओखलढुङ्गान्युज । बैशाख २९, काठमाण्डौं ।बुधबार पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणका कारण १ सय ६८ जनाको मृत्यु भएको छ । पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या तिब्र रुपमा बृद्धि भैरहेको छ ।

त्यसैगरि बुधबार पछिल्लो २४ घण्टामा देशमा ९ हजार ३ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३ सय ६२ जनाको पीसीआर र ४ सय २४ जनाको एन्टिजेन परीक्षण गर्दा  ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी काठमाडौँमा ३ हजार २५०, रूपन्देहीमा ७७१ र ललितपुरमा ४४८ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै ९ वर्ष मुनिका २३२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ५५६ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।