नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

विलन्दुमा चट्याङले लागेर एक घाईते, एक घर जलेर लाखौको क्षति

ओखलढुङ्गान्युज । बैशाख २७, विलन्दु । शोमबार वर्षातसँगै परेको चट्याङका कारण विलन्दुमा एक जना गम्भि घाईते भएका छन् । घाईते हुनेमा चम्पादेवी गाउँपालिका वडा नं. ९ विलन्दु खानीगाँउका मोति बहादुर विक रहेका छन् ।

शोमबार दिउसो करीब ३ बजेतिर बर्षातसँगै चट्याङ परेको थियो । घरमा नै रहेको बेला चट्याङले लाग्दा विक बेहोस भएका थिए भने घरमा सामान्य क्षति पुगेको छ । स्थानीय जनप्रतिनिधीहरुको पहलमा घाइते विकलाई उपचारका लागि स्वास्थ्य चौकी विलन्दुमा ल्याएर उपचार गर्दै गरेको विलन्दुका वडा अध्यक्ष झम्कहरी वडालले जानकारी दिनुभयो ।

त्यस्तै शोमबार दिउसो नै विलन्दुको ओख्रेनीमा चट्याङ परेर आगलागी हुदा एकघर पूर्ण रुपमा क्षति भएको छ । विलन्दुका शिक्षक शान्ति भनिने खड्ग बहादुर कार्कीको घरमा चट्याङका कारण आगलागी हुदा पूर्णरुपमा क्षति भएको हो ।

उक्त घरमा मानिस नबस्ने भएपनि घरमा राखिएको अन्नपात, भाडा तथा घरमा रहेका केही कुखुराहरु पनि आगलागीमा परि नष्ट भएका छन् । आगलागी सुरुभएको करीब डेढघण्टा पछि मात्रै स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा आएपनि घरमा रहेको केहीपनि सामान जोगाउन नसकिएको वडा अध्यक्ष बडालले जानकारी दिनुभयो ।