नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

आईतवार ८ हजार ८५० जनामा संक्रमण, ५२ को मृत्यु

ओखलढुङ्गान्युज बैशाख २६, काठमाण्डौं आईतवार पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ८ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १८ हजार ७ सय ८७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ७ सय ७७ जना र ५ सय ६ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जना गरी ८ हजार ८ सय ५० जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नयाँ संक्रमित थपिएसँगै आइतबार देशभर ८८ हजार १ सय ६० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८१ हजार ४ सय ३० जना होम आइसोलेसनमा र ६ हजार ७ सय ३० जना संस्थागत आइसोलेसनमा रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्ये ९ वर्ष मुनिका २ सय ४३ जना बालबालिका तथा १० देखि १९ वर्ष उमेर समूहका ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ ।