नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

मोलुङका ७ सहित ओखलढुङ्गमा आईतवार थपिएका ९ संक्रमित

विएन श्रेष्ठ बैशाख २६, ओखलढुङ्गा आईतवार ओखलढुङ्गामा थप ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । शनिवार मोलुङमा स्वाब लिईएका ५६ जना मध्ये ८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

शनिवार मोलुङमा केहि दिन अगाडी कोभिड संक्रमण भएका व्यक्तिहरु फेला परेपछि उनीहरुको कन्ट्राक्ट ट्रेसिङमा परेकाहरुको स्वाब संकलन गरि शनिवार नै काठमाण्डौं पठाईएको थियो । शनिवार पठाईएको स्वावको आईतवार साँझ आएको रिपोर्ट अनुसार जिल्लामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएका ८ जना मध्ये ४ जना मोलुङ हाईड्रोपावरका कर्मचारी कामदार हुन् । त्यस्तै दुईजना मोलुङ गाउँपालिकाको कार्यालयका कर्मचारीका परिवार हुन भने एक महिला मोलुङ २ की हुन् । उनी केहिदिन अगाडी मात्रै काठमाण्डौंबाट घर आएकी थिईन् । ओखलढुङ्गा जिल्लाका जिल्ला न्यायधिसलाई समेत आईतवार कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको छ ।

ओखलढुङ्गामा पछिल्लो समय क्रमशः कोभिड संक्रमितहरुको संख्यामा बृद्धि हुन थालेपछि थप संक्रमण नफैलियोस् भनेर आईतवार रातिदेखी लागूहुने गरि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । तर निषेधाज्ञाको अवज्ञा गर्दै सयौंको संख्यामा जम्मा भै विहे बर्तमान जस्ता भोज भतेर गर्नेक्रम भने रोकिएको छैन । जसका कारण जिल्लामा थप संक्रमण फैलने त्रास फैलिएको छ ।