नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

बम विष्फोटमा परि काबुलमा ५५ को मृत्यु

ओखलढुङ्गान्युज बैशाख २६, काठमाण्डौं अफगानिस्तानको राजधानी काबुलस्थित एक विद्यालयबाहिर विस्फोट हुँदा कम्तीमा ५५ जनाको ज्यान गएको छ। १५० जनाभन्दा धेरै मानिस घाइते भएका छन् । विस्फोट कसले र किन गरायो भन्ने अझै खुलेको छैन ।

घटनमा परेका धेरै जनालाई गम्भीर अवस्थामा अस्पताल पुर्याइएको छ । गम्भिर घाईतेहरुको अवस्था थप चिन्ताजनक रहेकोले मृतकको संख्या बढ्नसक्न आशंका गरिएको छ । घाइते भएकाहरुमध्ये अधिकांश विद्यालयका छात्राहरू रहेका छन् । पछिल्लो विस्फोट काबुलको केन्द्रबाट पश्चिमतर्फ पर्ने दश्त–ए–बार्चीको एक विद्यालयबाहिर भएको हो ।

विद्यार्थीहरू आवतजावत गरिरहेकै बेला विस्फोट भएको थियो । अरू मानिसहरू पनि रमजानको इद–उल–फित्र मनाउन आवश्यक सामान खरिद गर्न त्यहाँ वरपर थिए । विस्फोट भएको क्षेत्रमा शिया हजरा समुदायको बाक्लो बसोबास रहेको छ। हालैका वर्षमा यो समुदायलाई चरमपन्थी समूह इस्लामिक स्टेट्सले निशाना बनाइरहेको छ।

थाहाखबरबाट