नेपाली समय Loading...२०८२ बैशाख ८ सोमबार

शनिवार ओखलढुङ्गाका दुईजनामा कोरोना पुष्टि

ओखलढुङ्गान्युज बैशाख २५, ओखलढुङ्गा ओखलढुङ्गामा शनिवार भुमि सम्बन्धि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष कटवाल सहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अर्का एकजना भने महिला हुन् । उनीहरु दुवैको स्वास्थ्यमा समस्या देखिएपछि सामुदायीक अस्पताल सोब्रुमा एन्टिजेन परीक्षण गर्दा दुबैको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएकी एक महिला भने केहि दिन अगाडी कोरोना परीक्षण गराउदा रिपोर्ट पोजेटिभ देखिएका नगरपालिका क्षेत्र कै पुरुषका श्रीमती रहेकी छन् । कोरोना संक्रमण दर बढ्दो क्रममा रहेसँगै ओखलढुङ्गामा आईतवारवाट १५ दिन जिल्ला कोभिड १९ संकट व्यबस्थापन केन्द्रले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा शनिबार राती १२ बजेवाट लागू हुने प्रशासनले जनाएको छ ।