नेपाली समय Loading...२०८२ बैशाख ८ सोमबार

कोभिड परीक्षणका लागि मोलुङवाट ५६ जनाको स्वाव काठमाण्डौं

ओखलढुङ्गान्युज बैशाख २५, प्राप्चा ओखलढुङ्गामा पनि पछिल्लो समय कोभिड संक्रमण तिव्र रुपमा फैलन थालेपछि कोभिड परीक्षणका लागि स्वाव संकलन गर्न थालिएको छ । यसैक्रममा शनिवार मोलुङ्ग गाउँपालिकाका ५६ जनाको स्वाब संकलन गरिएको छ ।

शनिवार मोलुङ गाउँपालिकाको कोभिड अस्पतालमा पालिकाका ५६ जनाको स्वाब संकलन गरि शनिवार नै काठमाण्डौं तर्पm पठाईएको छ । शनिवार पठाईएको स्वावको रिपोर्ट शोमबार सम्म आईसक्ने जिल्ला स्वास्थ्य कार्यालका प्रमुख सुमन तिवारीले वताउनुभयो । जिल्ला स्वास्थ्य प्रमुख तिवारीका अनुसार यस अघि कोभिडको दोश्रो चरण देखिदा ओखलढुङ्गामा एन्टिजेन किट मर्फत कोभिड परीक्षण गर्ने गरिएको थियो ।

जिल्लामा एन्टिजेन किटको अभाव तथा कोभिड संक्रमणको फैलिएको रुप देखिएपछि पिसिआर परीक्षणका लागि नै मोलुङमा संकास्पद व्यक्तिहरुको स्वाब संकलन गरिएको हो । कोभिड संक्रमणको दोश्रो चरणमा जिल्लाका अन्य स्थानीय तहको तुलनामा मोलुङ गाउँपालिकामा नै बढि संक्रमित पाईएपछि शनिवार स्वाब संकलन गरि परीक्षणका लागि पठाईएको मोलुङका स्वास्थ्य शाखा प्रमुख बेदहरी दाहालले जानकारी दिनुभयो ।