नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

शुक्रबार ९ हजार १ सय ९६ संक्रमित थपिए, ५० को मृत्यु, प्रदेश नं. १ मा ७२५

ओखलढुङ्गान्युज बैशाख २४, काठमाण्डौं शुक्रबार नेपालमा कोरोना भाईरसका ९ हजार १ सय ९६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९ सय ८७ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार २३ जना र ४ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जना गरी ९ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार नयाँ संख्या थपिएसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ७८ हजार ६ सय २९ पुगेको छ । जसमध्ये ७२ हजार ७ सय ६९ जना होम आइसोलेसनमा छन् भने ५ हजार ८६० जना संस्थागत आइसोलेसनमा  रहेका छन् । संक्रमितहरु मध्ये आईसीयूमा ७ सय २८ जना र २ सय ३१ जना भने भेन्टिलेटरमा उपचार गराईरहेका छन् ।

त्यस्तै कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशमा ५० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरस संक्रमणबाट शुक्रबारसम्म नेपालमा मृत्यु हुनेको संख्या पनि ३ हजार ५ सय ७९ पुगेको छ । 

त्यसैगरि प्रदेश नं. १ मा शुक्रबार ७ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार नयाँ संक्रमित थपिएसगै प्रदेश नं. १ मा कोरोना भाईरसका सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय ३३ पुगेको छ । प्रदेश १ मा शुक्रबार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ९९ जनाको पीसीआर परीक्षण गरिएका मध्ये ३१३ महिला र ४१२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।