नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

विहिबार ५४ को मृत्यु हुँदा ९ हजार ७० संक्रमित थपिए, प्रदेश १ मा ७९१ थपिए

ओखलढुङ्गान्युज बैशाख २३, काठमाण्डौं विहबार पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३ सय ६७ पीसीआर परीक्षणमा ८ हजार ९ सय ७० र ७ सय ७५ एन्टिजेन परीक्षणमा १ सय जना गरी ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै विहिकार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ । बिहीबारसम्म कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या नेपालमा ७२ हजार ५ सय ६१ पुगेको छ । जसमध्ये ६७ हजार २४६ जना होम आइसोलेसनमा र ५३१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै ६५२ जनाको आईसीयूमा र २०१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि विहिबार पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा ७ सय ९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३७, झापामा १७८, सुनसरीमा १४५, ताप्लेजुङमा ४९, संखुवासभामा १४, इलाममा ११, उदयपुरमा ८, ते¥हथुममा ५, धनकुटा र पाँचथरमा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिर ३९ जनामा संक्रमण देखिएको प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।