नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

कोरोना देखिएपछि खोटाङको साकेला गाउँपालिकाको बाँझेच्यानडाँडा सिल

ओखलढुङ्गान्युज । बैशाख २१, खोटाङ । खोटाङको साकेला गाउँपालिका वडा नं. १ बाँझेच्यानडाँडालाई सिल गरिएको छ । उक्त वडामा एकैसाथ दुई जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि शोमबारवाट नै वडालाई सिल गरिएको हो ।

बाँझेच्यानडाँडा ५३ वर्ष र २० वर्षका दुई पुरुषलाई कोभिड–१९ को संक्रमण पुष्टि भएपछि वडालाई सिल गरिएको हो । संक्रमितसँगको सम्पर्कमा पुगेका व्यक्तिको कन्ट्याक्ट ट्रोसिङ सुरु गरिएको साकेला गाउँपालिकाले जनाएको छ । कन्ट्याक्ट ट्रोसिङमा परेका व्यक्तिको पिसिआर परीक्षणको रिपोर्ट नआएसम्मका लागि वडालाई सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले जानकारी दिनुभयो । 

कोरोना संक्रमित फेला परेसँगै वडा कार्यालयभित्र प्रवेश गर्न र वडाको क्षेत्रभन्दा बाहिर जान रोक लगाइएको छ । यस्तै, वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा पनि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत मगरले बताए । गाउँपालिकाभित्रका २६ जनाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरेर शनिबार प्रादेशिक जनस्वास्थ्य कार्यालय बिराटनगर पठाएकामा सोमबार दुई जनाको पोजिटिभ रिपोर्ट आएको हो । 

संक्रमित पुरुष मध्ये १ जना वैशाख १५ गते र १ जना वैशाख १६ गते चितवनबाट घर आएका हुन् । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।