नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

चम्पादेवीको सिल्खुबेसीमा पहिरो, लाखौको क्षति

ओखलढुङ्गान्युज बैशाख १८, ताप्केडाँडा शनिवार आकस्मिक परेको झरिसँगै पहिरो खस्दा चम्पादेवी गाउँपालिकाको सिल्खुवेसीमा लाखौको क्षति भएको छ । शनिवार अपरान्ह परेको पानी पछि आएको पहिरोका कारण लाखौको क्षति भएको हो ।

पहिरोका कारण एक दर्जन भन्दा बढि पशुचौपाया मरेको र ६ ओटा घर तथा निर्माणाधिन अवस्थामा रहेको जलकन्या आधारभूत विद्यालयको भवनमा समेत क्षति पुगेको बताईएको छ । घटनामा कुनै मानविय क्षति भने नभएको स्थानीयहरुले बताएका छन् ।

घटनामा परि के कति क्षति भयो भन्ने बारेमा एकिन तथ्यांक भने आईसकेको छैन । घटना थाहा पाउनसाथ घटनास्थलमा प्रहरी परिचालन गरिएको र प्रहरीले घटना विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक शिव कटेलले जानकारी दिनुभयो ।

घटनामा परि भएका क्षतिका बारेमा थप विवरण भने यो समाचार तयार पार्दासम्म आईसकेको छैन । घटना पश्चात स्थानीयवासीहरु जम्मा भएर उद्धार कार्यमा खटिएका थिए ।