नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

इटहरी बजारको अनुगमन, म्याद गुज्रिएका सामानलाई नष्ट गरियो

ओखलढुङ्गान्युज । बैशाख १६, इटहरी । कोभिड महामारी बढेसँगै कालोबजारी हुने आशंकामा इटहरी उपमहानगरले वजार अनुगमनलाई तिव्र वनाएको छ । महानगर उपप्रमुख तथा उपभोक्ता हीत संरक्षण समिति संयोजक लक्ष्मी गौतमको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन  कार्यालय, उपभोक्ता मंच र प्रहरीको सहभागितामा विहिवार बजार अनुगमन गरिएको हो ।

अनुगमन टोलीले विहिवार आँपगाछी र तरहरा वजारमा अनुगमन गरेको हो । विहिबार आपगाँछीका २ र तरहराका ७ गरि ९ वटा पसल अनुगमन गरिएको थियो । अनुगमनका क्रममा चार वटा पसलमा म्याद गुज्रिएका समान फेला परेकाले उक्त सामाग्रीलाई अनुगमन टोलीले वरामद गरि नष्ट गरेको छ ।

उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवेल किशोर भट्टराईका अनुसार गर्मी याममा प्रयोग हुने चिसो पेय पद्धार्थ कोकाकोला, स्प्राइट, रियल जुस, हुलास वेसन लगायतका समानहरु म्याद गुज्रिएको पाइएकाले वरामद गरि नष्ट गरिएको हो । कोरोना महामारीको बेलामा बजारमा सामाग्रीको कृतिम अभाव सृजना गरि उपभोक्ताहरुलाई व्यापारीले कालाबजारी मार्फत ठग्ने भएकोले आगामी दिनमा पनि इटहरीमा निरन्तर वजार अनुगमन गरिने उपमेयर गौतमले वताउनुभयो ।