नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

विराटनगरमा एमाले खनाल–नेपाल पक्ष युवासंघको समानान्तर कमिटि

ओखलढुङ्गान्युज बैशाख १६, विराटनगर नेकपा एमालेको खनाल–नेपाल पक्षले जिल्ला जिल्लामा आफ्नो समानान्तर कमिटि विस्तारलाई तिव्रता दिएको छ । यसै क्रममा खनाल–नेपाल पक्षले बुधवार मोरङमा  युवा संघ नेपाल विराटनगर महानगर कमिटी गठन गरेको छ ।

प्रदेश, जिल्ला र नगर÷पालिका तहमा समेत समानान्तर कमिटी बिस्तार गरिरहेको खनाल–नेपाल पक्षले बुधबार सुरेन शाक्यको अध्यक्षतामा १५१ सदस्यीय युवा संघ नेपाल विराटनगर महानगर कमिटी गठन गरेको हो । नयाँ निर्माण गरिएको युवा संघ नेपाल महानगर कमिटिको उपाध्यक्षमा कल्याण कटुवाल र ईश्वर माझी त्यसैगरी सचिवमा जुनु पोख्रेल, सहसचिवमा क्रमश संजय गुप्ता, निरज मल्ल, दिना यादव र कोषाध्यक्षमा रितेष गौतम रहेका छन् ।

नेकपा एमाले केन्द्रीय सदस्य एव पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यमा एमाले विराटनगर महानगर कमिटिको कार्यलयमा सम्पन्न भएको थियो । मंगलबारमात्र बिमल तामाङको अध्यक्षतामा ३५ सदस्यीय लोकतान्त्रिक आदिवासी जनजाति महासंघ विराटनगर गठन भएको थियो । खनाल–नेपाल पक्षले चैत २८ गते एमालेका पुराना नेता चन्द्रवीर राईको अध्यक्षतामा ३ सय ३१ सदस्यीय समानान्तर जिल्ला कमिटी र युवा नेता पारुल क्षेत्रीको अध्यक्षतामा एक सय ७५ सदस्यीय महानगर कमिटी गठन गरेको थियो ।

दुवै कमिटी गठन गरेको दुई हप्तापछि सो समूहले महानगरपालिकामा आफ्नो कार्यालय स्थापना गरी समानान्तर गतिविधि गर्दै आएको एमालेको खनाल–नेपाल पक्षका विराटनगर महानगर कमिटीका अध्यक्ष पारुल क्षेत्रीले जानकारी दिए।