नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

मंगलवार थपिए प्रदेश १ मा १८८ कोरोना संक्रमित

ओखलढुङ्गान्युज १४ बैशाख, विराटनगर प्रदेश १ मा मंगलवार १८८ जना कोरोना संक्रमित थपिएका छन् । मंगलवार थपिएकाहरुमा मोरंगमा ८३, सुनसरीमा ४०, झापामा २५, धनकुटामा ५, उदयपुर र इलाममा ४–४, भोजपुर, खोटाङ, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मंगलबार नयाँ संक्रमित थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ८ सय ३४ पुगेको छ । संक्रमित भएका मध्ये निको हुनेहरुको संख्या पनि २९ हजार ९ सय ७७ पुगेको छ । अब प्रदेश नं. १ मा सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ७३ पुगेको छ ।

प्रदेश १ मा मंगलवार पछिल्लो २४ घण्टामा ७ सय ७४ जनाको पीसीआर परीक्षण गरिएका मध्ये ७१ महिला र ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।