नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

असार १७ देखी कतारको मुद्रा नचल्ने

ओखलढुङ्गान्युज, बैशाख काठमाण्डौं असार देखी कतारको मुद्रा नचल्ने भएको छ । कतार सरकारले आगामी जुलाई १ अर्था नेपाली महिना असार १७ देखी आफ्ना देशका हाल सञ्चालनमा रहेका नोटहरु चलन चल्तीवाट हटाउने निर्णय गरेको छ ।

कतारी सरकारले यो निर्णय गरेसँगै कोही नेपालीहरुसँग कतारी मुद्रा रियाल भए यथासिघ्र बैंकमा सम्पर्क गरि सटही गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले कतारको त्यस्ता नोट भए आगामी २७ गतेसम्म सटही गरिदिने बताएको छ । २७ गतेपछि भने उक्त नोट सटही गर्न बाध्य नहुने राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने राष्ट्र बैंकका प्रदेशस्थित कार्यालय, विदेशी विनिमयको कारोबार गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था वा इजाजतप्राप्त मनिचेन्जरहरुबाट कतारी रियाल सटही गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ । यसअघि भारतले पूर्वजानकारी नै नदिई नोटबन्दी गर्दा ठूलो परिमाणको भारतीय रुपैयाँ नेपालीले साट्न पाएका थिएनन् ।