नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

एकैदिन भारतमा थपिए झण्डै २ लाख कोरोनाका संक्रमित

ओखलढुङ्गान्युज, बैशाख काठमाण्डौं पछिल्लो २४ घण्टामा भारतमा झण्डैं २ लाख कोरोना भाईरसका संक्रमितहरु थपिएका छन् । यहि अबधिमा कोरोना भाईरस संक्रमणका कारण १ हजार भन्दा बढिले ज्यान गुमाएका छन् ।

योसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड ४० लाख ७० हजारभन्दा धेरै पुगेको छ । कोरोनाका कारण अहिलेसम्म भारतमा एक लाख ७३ हजार १ सय ५२ जनाको ज्यान गएको छ । पछिल्लो तथ्यांक अनुसार विश्वमा अमेरिकापछि भारत कोरोनाका कारण सबैभन्दा धेरै प्रभावित भएको छ ।

कोरोना संक्रमणको दरले नयाँ रेकर्ड कायम गरि संक्रमणको दर उच्च गतिमा फैलिएसँगै भारतका विभिन्न सहरमा लकडाउन र कर्फ्यु लगाइएको छ । भारतको राजस्थानसँगै दिल्ली, मध्यप्रदेश, उत्तर प्रदेश, पन्जाब, महाराष्ट्र लगायत क्षेत्रमा कोरोना सङ्क्रमणदर उच्च गतिमा फैलिएको छ । कोरोना संक्रमण दर क मगर्न यी क्षेत्रका केही सहरमा लकडाउन छ भने केही ठाउँमा कडा प्रतिबन्ध लागू गरिएको छ ।

तिब्रगतिमा सङ्क्रमण फैलिएसँगै भारतको राजस्थानमा बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन कर्फ्यु लागेको छ । त्यहाँका शिक्षण संस्थाहरु सबै बन्द गरिएका छन् । यस्तै, विवाहका लागि अनुमति लिनु पर्ने भएको छ । सरकारी कार्यालयहरूमा समेत ५० प्रतिशत कर्मचारीहरुले मात्रै सेवा दिने छन् ।