नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

कोभिड अस्पताल तयारी अवस्थामा छ ः मन्त्री राई

ओखलढुङ्गान्युज, चैत ३०, २०७७ विराटनगर प्रदेश नं. १ मा कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो दिनमा कोभिडको विरामीको संख्या बढ्दै गएको भन्दै विरामीको उपचारका लागि कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको सामाजिक विकास मन्त्री उषाकला राईले बताउनु भएको हो ।

शोमबार कोशी अस्पतालको अनुगमन गर्दै मन्त्री राईले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई तयारी अवस्थामा राखिएको बताउनुभयो । कोशी अस्पताल कोभिड १९  उपचार केन्द्रको अनुगमन पश्चात मन्त्री राईले तत्कालका लागि १८० वेड तयारी अवस्थामा रहेको बताउनुभयो  ।

मन्त्री राईले आवश्यकता अनुसार जिल्ला स्तरमा पनि कोभिड उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको बताउदै मन्त्री राईले सीमा नाकामा आवस्यक सर्तकता अपनाउनका लागि निर्देशन दिईएको समेत बताउनु भयो ।

देशव्यापी रुपमा कोरोना संक्रमणको दर बढेपछि प्रदेश १ मा पनि बढ्न सक्ने भन्दै कोभिड उपचार अस्पताल, आईसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ । आवस्यकता अनुसार आईसोलेसन कोभिडको व्यवस्थापनका लागि चाँडै प्रदेश स्तरिय सीसीएमसीको बैठक तयारी भईरहेको मन्त्रालयले जनाएको छ ।