नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

मेमरी पावर बढाईदिने भन्दै बिद्यार्थीसंग ठगी, शिक्षकसँग मिलेमतोको आशंका

ओखलढुङ्गान्युज, चैत २७, २०७७ ओखलढुङ्गा ओखलढुङ्गामा एक युवाले दिमागी क्षमता बढाउने भन्दै बिद्यार्थीसंग रकम असुलेर छुट्टै कक्षा सञ्चालन गरेको पाईएपछि स्थानिय प्रशासन युवालाई नियन्त्रणमा लिएको छ । सुनसरीको धरान नगरपालिका १५ स्थायी घर भएका एलसस गीरीले गैरकानुनी रुपमा बिद्यार्थीसंग आफुखुशी पैसा असुलेर दिमागी क्षमता बढाईदिने भन्दै छुट्टै कक्षा सञ्चालन गरेको पाईएपछि स्थानिय प्रशासनले नियन्त्रणमा लिई रोक लगाएको हो ।

आफुलाई मेमरी किङ भनेर चिनाउने गीरीले ओखलढुङ्गा सदरमुकामका बिभिन्न बिद्यालयका बिद्यार्थीलाई कन्भेन्स गरी पैसा असुलेर जिल्ला समन्वय समितिको सभाहलमा छुट्टै कक्षा सञ्चालन गरेका थिए । गिरीले बिद्यार्थीहरुलाई दिमागी क्षमता बढाउने भन्दै गैरकानुनी रुपमा प्रति बिद्यार्थी २ सयका दरले पैसा उठाएका थिए । गिरीले बिद्यार्थीहरुलाई काल्पनीक कुरा सिकाउदै पैसा लिएर बिद्यालय बाहिर छुट्टै भेला गराएर कक्षा सञ्चालन गर्ने गरेको बिद्यार्थी स्वयमले बताएका छन् ।

केहिदिन अगाडी गिरीले आफुले जस्तोसुकै शव्द तथा वाक्य समेत एकैपटकमा बनाईदिने भन्दै जिल्ला सदरमुकाम स्थित सगरमाथा जनता माद्यमिक विद्यालयमा पुगि डेमोस्टेसन कक्षा लिएका थिए । बिद्यार्थी तथा शिक्षकलाई कक्षा कोठाबाटै आकर्षित गराएर दिमागी क्षमता बढाईदिने भन्दै विद्यालयका प्रधानाध्यापक डिल्लीराम कार्कीसँग अनुमति लिएका थिए । विद्यालयको तर्फवाट कार्कीले अनौपचारिक रुपमा स्विकृत दिएका थिए ।

विद्यालयको मौखिक अनुमति पाएसँगै विद्यार्थीसँग रकम असुलेर जिल्ला समन्वय समितीको हलमा शुक्रबार २ सय बढी बिद्यार्थीसहित कक्षा सञ्चालन गर्दै थिए । बिद्यालयको कक्षा कोठा नै रित्तो पारेर बिद्यार्थीहरु दिमागी क्षमता बढाउन छुट्टै कक्षामा बस्न थालेपछि बिद्यालय सुनसान बनेको थियो । बिद्यालय प्रशासनले भने बिद्यार्थीहरु आफुखुशी गएको दाबी गरेका छन् । विद्यार्थीहरु मनलागे उक्त कक्षामा जान र उता नगई विद्यालय आउनेहरुलाई भने आफूहरुले कक्षा लिने बताएको भन्दै विद्यार्थीहरु थोरै भएकोले कक्षा नलिएको एक शिक्षकले बताए । विद्यार्थीहरु नभएपछि शिक्षकहरु भने चैतका दिनमा पनि घाम तापेर मोवाईल चलाउन व्यस्त भएका थिए ।

मेमरी क्षमता बढाउने भन्दै शिक्षक र विद्यार्थीलाई कन्भिन्स गरेपछि विद्यार्थीको क्षमतामा विकास हुने भन्दै आफुले प्रशिक्षण कक्षामा सहभागी हुन आफुले बताएको सगरमाथा जनता माद्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लिराम कार्कीले बताए । तर कार्यक्रममा सहभागी गराउन आफुहरुले बाध्य भने नबनाएको कार्कीले बताए । मेमरी किङ भनिने गिरीले आफ्नो क्षमता गिनिज बुक अफ वल्र्डमा राख्ने क्रममा रहेको र त्यसका लागि केही रकम पनि आवश्यक हुने बताउदै पैसाको कुरा गरेकोले विद्यार्थीसँग पैसा उठाएको हुनसक्ने प्रअ कार्कीले बताए ।

जिल्ला सदरमुकामको सगरमाथा जनता माध्यामीक बिद्यालय र ओखलढुङ्गा क्याम्पसका बिद्यार्थीहरुबाट पैसा उठाएर कक्षा सञ्चालन गरेको पाइएपछि स्थानिय प्रशासनले उक्त पैसा बिद्यालयको प्रधानाध्यापकमार्फत फिर्ता गराएको छ । नियन्त्रणमा लिईएका  दिमागी क्षेमता बढाउने भन्दै पैसा उठाएर पढाउदै हिडेका गिरीले आफुमा गट गिफ्टेट क्षमता रहेको र सोही क्षमता आफ्नो पेशा भएका दाबी गरेका छन् ।

विद्यार्थीहरुवाट कानुन बिपरित रकम उठाएर कक्षा सञ्चालन गरेका गिरीलाई कानुनी प्रकृया पुरा गरेर कक्षा लिन पाउने र लिएको पैसा फिर्ता दिने सहमतीमा छाडिएको छ । प्रशासनले बिद्यालयसंग समन्वय गरेर कक्षाकोठा भित्र त्यसमा पनि निशुल्क कक्षा लिन पाउने सर्तमा छाडेको स्थानिय प्रशासनले जनाएको छ ।