नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

चम्पादेवीमा लिखु नदिमा डुबेर एक जनाको मृत्यु

ओखलढुङ्गान्युज, चैत २७, २०७७ । ओखलढुङ्गा । बिहीबार नुहाउने क्रममा लिखु नदीमा डुबेर ओखलढुङ्गामा एक जनाको ज्यान गएको छ । नदिमा डुबेर मृत्यु हुनेमा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नम्बर २ पलापुका बर्ष २० का प्रकाश सुनुवार रहेकाछन् ।

नुहाउनका लागि भन्दै घरबाट कोशी तर्फ गएका सुनुवार को नुहाउने क्रममा चिप्लिएर नदीमा पर्दा उनको मृत्यु भएको स्थानीयले बताएका छन् । स्थानीयले थाहा पाएर उद्धार गर्न जाँदै उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । मृतक सुनुवारको शवलाई पोष्टमार्टमका लागि पठाइएको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।