नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गामा माओवादी केन्द्रको पार्टी कार्यालय स्थापना

ओखलढुङ्गान्युज, चैत २१, २०७७ ओखलढुङ्गा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र ओखलढुङ्गाले आज जिल्लामा पार्टी कार्यालयको उद्घाटन गरेको छ । नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवम् पूर्व उर्जामन्त्री वर्षमान पुन अनन्तले आज (शनिवार) एक औपचारिक कार्यक्रमका साथ पार्टी कार्यालयको उद्घाटन गर्नुभएको हो ।

नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच भएको पार्टी एकतापछि बनेको नेकपा (नेकपा) लाई सर्बोच्च अदालतले मान्यता नदिए सगै पार्टी एकता भंग भएको थियो । पार्टी एकतालाई अदालते भंग गरिदिएसगै दुवै पार्टी २०७५ सालको जेठ अगाडी रहेको आ–आफ्नो हैसियतमा फर्किएका छन् । दुवै पार्टीले छुट्टाछुट्टै रुपमा पार्टी कार्यालय स्थापना, संगठन निर्माण र प्रशिक्षणको कामलाई तिब्रता दिएका छन् ।

पार्टी कार्यालयको उद्घाटन गर्दै नेता अनन्तले कार्यालय स्थापना तथा संगठन विस्तारको कामलाई तिब्रगतिमा लैजाने बताउनुभयो । अदालतको फैशला पश्चात पार्टी कार्यालय स्थापना शनिवारवाटै नेकपा माओवादी केन्द्र ओखलढुङ्गाको पहिलो विस्तारित बैठक उद्योग वाणिज्य संघको सभाहलमा सञ्चालन भैरहेको छ ।