नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

पछिल्लो २४ घण्टामा विश्वमा साढे १० हजार कोरोना संक्रमितको मृत्यु

ओखलढुङ्गान्युज, चैत १८, २०७७ काठमाण्डौं पछिल्ला दिनहरुमा विश्वमा कोरोना संक्रमणका कारण मृत्युहुनेहरुको संख्यामा बृद्धि भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा साढे १० हजार अर्थात १० हजार ६ सय ४१ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी ब्राजिलमा तीन हजार ६ सय ६८ जनाको मृत्यु भएको छ । त्यस्तै‚ अमेरिकामा ८ सय ५८ जना, इटलीमा ५ सय २९ जना, भारतमा ३ सय ५५ जना, रुसमा ४ सय ९, फ्रान्समा ३ सय ४८ जनाको मृत्यु भएको छ। योसँगै मंगलवार साँझसम्म विश्वभर कुल मृतकको संख्या २८ लाख १४ हजार ८ सय २२ पुगेको छ।

त्यसैगरि पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख २९ हजार १ सय १९ नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएका नयाँ कोरोना संक्रमितहरुमा ब्राजिलमा नै सबैभन्दा बढी ८६ हजार ७ सय ४ जना रहेका छन् । त्यस्तै अमेरिकामा ६१ हजार ४ सय ८, भारतमा ५३ हजार १ सय ५८ र फ्रान्समा ३० हजार संक्रमति थपिएका छन् । योसँगै विश्वमा कोरोना भाईरसवाट संक्रमित हुने कुल संक्रमितको संख्या १२ करोड ८७ लाख ७६ हजार ८ सय ३८ पुगेको छ। संक्रमित मध्ये १० करोड ३९ लाख तीन हजार ६ सय ६८ जना भने संक्रमण मुक्त भएका छन्।