नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

शुक्रवारसम्म विद्यालय वन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

ओखलढुङ्गान्युज, चैत १६, २०७७ काठमाण्डौं भोली मंगलवार अर्थात चैत १७  देखी शुक्रबारसम्म देशभरका सबै विद्यालय बन्द हुने भएका छन् । शोमबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठकले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयको विज्ञप्ती आईसकेकोले मन्त्रालयको विज्ञप्तीलाई नै आफुहरुले शिक्षा विकास तथा समन्वय ईकाईको फेशबुक पेजमा राखेको र फोन गर्नेलाई सोही अनुसार कार्यान्वयन गर्न भनेको जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई ओखलढुङ्गाका प्रमुख भिम मिश्रले जानकारी दिनुभयो । मन्त्रालयको विज्ञप्ती अनुसार नै ओखलढुङ्गाका पनि सबै विद्यालयहरु शुक्रबारसम्म बन्द हुनेछन् ।

गत शुक्रबार देखी भएको देशव्यापी वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानहरुमा वायु प्रदूषण निकै बढेको छ ।

लामो समयको खडेरीका कारण पानी नपर्दा हावा सुख्खा भएको छ । हावाले पानी पार्ने बादलको साटो नेपाल बाहिरवाट समेत धुलो र धुँवा लिएर आएको छ । यसका साथै देशमा डढेलोका घटना बढेकाले पनि थप वायु प्रदूषित भएको जल तथा मौसमविद्हरुले जनाएका छन् ।

शेमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । मन्त्रालयको बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसंग परामर्श गर्नुभएको थियो । त्यसलगत्तै मन्त्रालयमा भएको बैठकले लाखौं विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकुलताका कारण सबै शिक्षणसंस्था बन्द गर्ने निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयको विज्ञप्ती :