विश्वमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढ्यो
ओखलढुङ्गान्युज, चैत १४, २०७७ । काठमाण्डौं । पछिल्ला दिनहरुमा विश्वमा कोरोना संक्रमित र मृत्युहुनेहरुको संख्या बढेको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा विश्वभर ११ हजारभन्दा बढीको मृत्यु भएको छ भने ६ लाख भन्दा बढि कोरोना भाईरसवाट संक्रमित भएका छन् ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा ब्राजिलमा मात्रै तीन हजार ६ सय जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार २ सय १६‚ स्पेनमा ५ सय ९०, मेक्सिकोमा ५ सय ८४, इटलीमा ४ सय ५७, पोल्याण्डमा ४ सय ४३ तथा रसियामा ४ सय जनाभन्दा बढीको मृत्यु भएको छ ।
त्यसैगरि पछिल्लो २४ घण्टामा विश्वभर ६ लाखभन्दा बढी कोरोना भाइरसबाट संक्रमित थपिदै गर्दा ब्राजिलमा ८२ हजार ५ सय, अमेरिकामा ७३ हजार ७ सय, भारतमा ६२ हजार २ सय, फ्रान्समा ४१ हजार ८ सय , पोल्याण्डमा ३५ हजार, टर्कीमा २९ हजार र इटलीमा २३ हजार ९ सय भन्दा बढि संक्रमित थपिएको वल्डमिटरले जनाएको छ ।
पछिल्लो समयमा कोरोनाका संक्रमितको संख्या बढ्दै गर्दा विश्वभर कुल संक्रमितको संख्या १२ करोड ६६ लाख पुगेको छ भने २७ लाख ७८ हजार जनाको मृत्यु भएको छ । त्यस्तै कोरोना संक्रमित भएका मध्ये १० करोड २१ लाख मानिस संक्रमणमुक्त भएका छन् ।