नेपाली समय Loading...२०८१ बैशाख ४ मंगलवार

प्रदेश नं. १ मा मन्त्रि परिषद विस्तार

ओखलढुङ्गान्युज, चैत १३, २०७७ । विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । विस्तारीत मन्त्रिमण्डलका नयाँ मन्त्रीहरूले आजै दिउसो शपथग्रहण गर्नेछन् । नयाँ मन्त्रिहरुको दिउँसो एक बजे शपथग्रहण हुने बताइएको छ।

विस्तारित नयाँ मन्त्रिमण्डलमा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबुहाङ अर्थमन्त्री हुने भएका छन् । त्यसैगरि नेकपा विभाजित हुँदा प्रचण्ड–नेपाल समूहबाट ओली समूहमा फर्किएकी एमाले सांसद उषाकला राईलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिइने भएको छ ।

त्यस्तै प्रदेश नं. १ को राज्यमन्त्री रहेका ओखलढुङ्गाका अम्बीरबाबु गुरुङ भौतिक तथा पूर्वाधार विकास मन्त्री र राम राना कृषिमन्त्री हुने भएका छन् । त्यस्तै उदयपुरकी कला घले र मोरङका राजकुमार ओझा राज्यमन्त्री नियुक्त हुने भएका छन् । दुवैजना नयाँ अनुहार हुन् ।